मुक्तकमैया शिविरमा अनेरास्ववियुले गर्यो शैक्षिक सामाग्री वितरण

छिनोफानो   मङ्गलबार १४, असार २०७९ ०४:५९

धनगढी । अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले मुक्त कमैया शिविरमा शिक्षा सामाग्री वितरण गरेको छ । मंगलबार जननेता मदन भण्डारीको ११ औं जन्मजयन्तिको अवसरमा धनगढी १ पुरानो एअरपोर्ट मा रहेको कमैया शिविरमा बालबालिकालाई सामाग्री वितरण गरिएको हो । 

अहिले तराईका सुगम शहरहरुमा पनि शिक्षाको अभाव खड्किरहेको छ, प्रदेश संयोजक राईले भने, सामाजिक उत्तरदायित्व बहन गर्दै सहज शिक्षाको पहुँचका लागि हामिले सामाग्री वितरण गरेका हौं । पार्वती आधारभुत विध्यालयमा अध्यनरत मुक्त कमैया शिविरका निम्न स्तरका बालबालिकाकाको पहिचान गरि सामाग्री हस्तान्तरण गरेको उनले बताए । राईका अनुसार बालबालिकालाई झोला, पाठ्यपुस्तक, कलम, पेन्सिल तथा कापि वितरण गरिएको हो । 

सामाग्री पाएसंगै बालबालिका खुसी देखिन्थे । अनुहारमा हर्षको चम्किलो मुस्कान दिंदै सामाग्री लिएका उनिहरुले सामाग्री वितरण गर्ने सबैलाई धन्यवाद समेत दिए । सामाग्री वितरण कार्यमा विध्यार्थी नेतासँगै अनेरास्ववियुका प्रदेश कमिटीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु