भारतले धौलीगंगा बाँधको ढोका खोल्ने ,महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

छिनोफानो   बिहिबार १६, असार २०७९ १०:०७

भारतले आज (बिहीबार) धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्नका लागि बाँधको ढोका खोलिने भारतले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार (असार १६ गते) विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो । धौलीगंगाको बाँध खुल्ने भएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता ‘नेपाल बाढी सूचना’ले बुधकार साँझ सूचना प्रकाशित गरी भनेको छ, ‘महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने, तटीय क्षेत्रमा भोलि विहान ५ बजेदेखि सतर्कता अपनाऔं ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु