बझाङमा ट्याक्टर दुर्घटना :एक जनाको मृत्यु,६ जना घाइते

छिनोफानो   शुक्रबार १७, असार २०७९ ०९:५१

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका-२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजेतिर घट्टेखोलामा दुर्घटना हुँदा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घाइतेको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु