सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस

छिनोफानो   शुक्रबार १७, असार २०७९ ०९:५९

सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबारको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायब उपरीक्षकमा ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले जानकारी दिए ।

उनका अनुसार बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बताए । बढुवा सिफारिसको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ, दोस्रोमा छबिलाल रावत, तेस्रोमा राजनविक्रम कार्की र ५६ नम्बरमा सुरज रिजाल रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु