कैलालीमा तीन दिनदेखी बेपत्ता ११ वर्षिय बालक मृत अवस्थामा फेला

छिनोफानो   शुक्रबार १७, असार २०७९ १२:२१

कैलालीमा तीन दिनदेखी बेपत्ता ११ वर्षिय बालक मृत अवस्थामा फेला अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कैलाली । कैलालीमा तीन दिनदेखी बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का ११ वर्षिय निखिल विक मृत अवस्थामा फेला परेका हुन् । १५ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका विक शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनि पौडी खेल्ने क्रममा बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भेटिएका हुन् । उनि साथीहरुसँग पौडी खेल्न गएको बुझ्न आएको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु