विवादपछी माफि मागेका खयरले पुनः दिए सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

राजन जैगडी   शुक्रबार १७, असार २०७९ ०१:३०

कैलाली । केही समय अगाडी धनगढी ३ चटकपुर बस्ने शिवराज खयरले सञ्चारकर्मीमाथी अभद्र व्यवहार गरेको भन्दै प्रमाणका आधारमा प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएको थियो । आफुले मदिरामा मातेको अवस्थमा गल्ति गरेको स्विकार गरी माफि मागेपछि उनलाई आपसी समझादारीका आधारमा छोडिएको थियो । तर प्रहरीलाई साक्षी राखेर माफि मागेका खयरले पुनः सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् । 

यसभन्दा अगाडी धनगढी ३ मित्रनगर निवासी मनोज जैगडी र खयरबीच आर्थिक लेनदेनको विषयमा विवाद चलेको थियो । विवादकै क्रममा खयरले अपशब्द प्रयोग गर्दै धम्की दिएपछी उक्त घटनाका विषयमा बुझ्दा उल्टै सञ्चारकर्मीलाई समेत ज्यान मार्ने धम्की दिएका थिए । सहमतिपछी प्रहरीबाट छुटेका उनले पुनः बिहिबार राती अपशब्द प्रयोग गर्दै सम्प्रदायलाई नै प्रभाव पार्नेगरी ज्यान मार्ने धम्की दिए । उनको त्यो व्यवहारप्रति एभिन्युजकर्मी राजन जैगडीले प्रश्न गर्दा पुनः खयरले अपशब्द प्रयोग गर्दै उनलाई समेत ज्यान मार्ने धम्की दिएका छन् । 

उनको उक्त व्यवहारप्रति प्रहरीमा उजुरी गरिएको छ । उनि धनगढी ३ चटकपुरस्थित मष्टा सहकारी संस्थाका प्रबन्धक समेत हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु