मोहना नदीमा जल सतह खतराको तह नजिक

छिनोफानो   शनिबार २५, असार २०७९ १०:२८

कैलालीको मोहना नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । त्यहाँ रहेका खुटिया खोला मुडीभर, मोहना खोला मालाखेती, कान्द्रा खोलामा जल सतह बढेको कैलाली जलमापन केन्द्रले जनाएको छ ।अहिले जलसतह सतर्कता तह आसपास पुगेको र थप वर्षा हुने भएकाले जलसतह थप बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको अनुमान छ । सो नदी तटीय क्षेत्र, कैलाली तथा कञ्चनपुरको डुबान भइरहने होंचा भू(भागमा रहनेहरूलाई दिउँसोसम्म उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।

यस्तै बर्दियाको रम्वापुर, गोडना र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । भारी वर्षाका कारण उराही, भादा लगायत स(साना नदीहरूमा सतर्कता तहसम्म बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू(भागमा रहेकाले दिउँसोसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु