बाजुरा बुढीगंगा निर्वाचन अपडेट : मेयर-उपमेयर दुबैमा एमालेको अग्रता

छिनोफानो   शनिबार २५, असार २०७९ ११:०४

बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ६४८  मतगणना भइसक्दा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले दुई हजार १९६ र नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मत पाएका छन् ।उपमेयरमा एमालेकी मायाकुमारी खड्काले २ हजार १७२ मत पाएकी छन् भने कांग्रेसकी रीता शाही  ले एक हजार २७२ मत ल्याएकी छन् । हालसम्म वडानम्बर १, १० र २ को २,३४० मत गणना भएको छ ।  अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह निर्वाचित भएका छन्। वडा नं। १० मा पनि एमालेका दलबहादुर साउद विजयी भएका छन्।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु