कैलालीको गोदावरीमा एक बालकको शव फेला

छिनोफानो   आइतबार २६, असार २०७९ ११:१६

 कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका(३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु