छुरा प्रहार गरि १६ वर्षीय किशोरको हत्या

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०३:४९

सुनसरीको रामधुनी नगरपालिका(६ सुवानामा एक १६ वर्षीय किशोरको हत्या भएको छ । मंगलबार बिहान सवा ७ बजे घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदाको हत्या भएको हो ।उनको पेटमा छुरा प्रहार भएको थियो । गम्भीर घाइते भएका सदालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । छुरा प्रहार गरी घाइते बनाएर भागेका उनलाई छुरासहित इलाका प्रहरी कार्यालय पकलीको टोटीले पक्राउ गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु