फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०३:५३

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातयात व्यवस्था विभागले सूचना जारी गरी अन्तर प्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी गराएको छ । विभागले यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढाएको छ ।

त्यस्तै मालवाहक सवारी साधनमा पहाडी रुटमा २.३४ प्रतिशत र तराईका रुटमा २.६ प्रतिशतले भाडा बढाएको छ । विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार, स्वचालित रुपमा भाडा समायोजन गरेको जनाएको छ । वृद्धि भएको भाडादर सोमबारदेखि नै लागू भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु