सभामुखले गरे सदनबाट पारित भएका ५ विधेयक प्रमाणित

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०४:१६

 सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट विभिन्न मितिमा पारित भएका ५ विधेयक प्रमाणित गरेका छन् । मंगलबार सभामुख सापकोटाले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९र०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

यस्तै ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् । सभामुखले प्रमाणित गरेका यी विधेयकहरु राष्ट्रपति बिद्या भण्डारीले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागु हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु