कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०४:२०

नेपालमा पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । तीन हजार १२६ वटा नमुना परीक्षण गर्दा एकै दिन १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । आज ६४ हजार ९०७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याई बढ्दै गएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या विस्तारै बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु