गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०४:३०

गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो । 

गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले निकालेको सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने उल्लेख गरिएको छ । यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु