जुटेन सहमति : सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि पनि स्थगित

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०५:१२

आज बिहान  गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो । आज मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी १२ बजे सुरु भएको थियो ।गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जनबहादुर थापाले बैठक स्थगित गरेको घोषणा गरेका थिए ।

प्रदेशसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाएको भएपनि बस्न नसकेको हो। भोली बिहान ११ बजेसम्मका लागि सभामुख थापाले बैठक स्थगित गरेका हुन्।सत्ता गठबन्धनकै माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु