धनगढीमा मनसुन पुर्व तयारी नमुना अभ्यास कार्यक्रम सम्पन्न

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०६:०७

सुदुरपश्चिम प्रदेशको धनगढीमा मनसुन पुर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ मा आधारित नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । मनसुन सम्बन्धी आउने बिपतलाई मध्यनजर गर्दै प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय लगायत बिपतमा सहयोगि सस्थाहरु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिपतका बेला बिगतमा भएका कमीकम्जोरी र नयाँ कार्ययोजनामा आधारित रहेर बिपत  नमुना अभ्यास गरिइको हो ।  २०७९ को कार्ययोजना तयार गरेर बिपत पहिले र बिपत आइसकेपछि के गर्नै भन्ने मा प्रदेश सरकारले तयारि पुरा गरि सकेको   आन्तरिक मामिला तथा कानुन मन्त्री डा रण बहादुर रावलले बताउनु भएको छ । सबै तहको बैठक सम्पन्न गरेर प्रदेश सरकार कार्ययोजना गर्ने तयारी मा रहेको उनको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु