नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को अत्याधिक मुल्यवृद्धि बिरुद्ध बिरोध प्रदर्शन

छिनोफानो   मङ्गलबार २८, असार २०७९ ०६:५९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलाली र नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा राष्ट्रघाती नागरिकता बिधेयक, पेर्टोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानको अत्याधिक मुल्यवृद्धिको बिरोध स्वरुप कैलालीको अत्तरियामा बिरोध प्रदर्शन तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

कैलालीको अत्तरियामा आयोजित कार्यक्रममा नेकपा (बहुमत )का सेती महाकाली व्यूरो इन्चार्ज महान र क्रान्तिकारी माओवादीका नेता राम बहादुर केसीले सम्बोधन गरेका थिए । उनले दलाल् शासकको कारण जनताले कुन् स्तरको बिद्रोह गर्छन् भन्ने कुरा श्रीलन्काको स्थीति आउन् सक्ने चेतावनी समेत दिएका छन ।

क्रान्तिकारी जनताको लागी श्रीलन्का एक रोल मोडेल भएको भन्दै नेपाली जनताले दलाल शाषकको प्रतिरोध गर्ने समय आइसकेको बत्ताएका छन । दुर्गा मन्दिर नजिक बाट सुरु भएको विरोध प्रर्दशन बजार परिक्रम गरेर  महेन्द्रनगर रोडमा कोण सभामा परिणत भएको थियो । कार्यक्रम नेकपाका ९बहुमत०कैलाली इन्चार्ज शिखरले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु