पशु सेवा तालिम केन्द्र अनुदान : सम्झौता एक लाख भुक्तानी पचास हजार

छिनोफानो   बुधबार २९, असार २०७९ ०६:५९

पशु सेवा तालिम केन्द्र कैलालीमार्फत प्रदान गरिएको अनुदानमा सम्झौता भन्दा कम रकम भुक्तानी गरेको पाईएको छ । सम्झौता अनुसारको रकम नपाएपछि किसानहरु आक्रोशित बनेका छ 
पशु सेवा तालिम केन्द्र कैलालीले कृषि उस्मायन पद्धती मार्फत कृषि उधमशिलता बिकास कार्यक्रम अन्तरगत सिप सिकेका कृषकहरुलाई अनुदान का लागि प्रस्ताव पेस गर्न आवहान गर्यो । आर्थिक बर्ष ७८÷७९ मा सिप सिकेका ९२ जना कृषकलार्ई कार्यालयले छनोट गरि ६४ लाख बराबरको अनुदानका लागि सम्झौता गर्न बोलायो । कार्यालय को सम्झौता अनुसार किसानहरुले काम सम्पन्न गरेर बिल भरपाई पेस गरे तर कार्यालयले सम्झौता अनुसारको रकम भुक्तनी नगरेको किसानहरुको गुनासो छ ।दोहरो बिल पेस गर्न लगाएर सम्झौता अनुसारको रकममा घटाएर रकम भुक्तनी गरेको उनिहरुको भनाई छ । एक लाखको सम्झौता गरेर ५० हजार मात्रै रकम भुक्तनी पाएको अमिता गाई फर्मका सञ्चालक बाशुदेब शर्माले बताए ।कार्यालयले किसानलाई थप रकम भुक्तनी दिने भन्दै बिल पेस गर्न लगाएर फर्जी भ्याट तिर्न लगाई दुख दिएको र पाउनु पर्ने रकमबाट घटाएर किसान लाई दुःख दिएको कृषकहरुले गुनासो गरेका छन् ।
कायालयले कुनै मापदण्ड नअपलाई मनोमानी ढङ्गले रकम भुक्तानी गरेको किसानको आरोप छ । प्राबिधिक समितिको सिफरिसका आधारमा रकम भुक्तनी गरेकाले सो त्रुटि भएको हुन सक्ने पशु सेवा तालिम केन्द्रको भनाइ छ ।अनुदानमा मानबीय त्रुटि भएको देखिए सञ्चाउने प्रतिबद्धता जनाएको छ । धेरै किसानलाई सम्झौता अनुसार रकम भएपनि केहीलाई कम भएको विषयमा छानविन भैरहेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु