आज उपसभामुख चयनका लागि मतदान हुँदै

छिनोफानो   शुक्रबार ३१, असार २०७९ १०:५८

 प्रतिनिधिसभामा आज (शुक्रबार) उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुङ्गो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुङ्गो लगाउने छ ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जित निश्चित जस्तै छ । लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु