भारतीय पक्षले धौलीगंगाको बाँध खोल्दा महाकालीमा पानीको बहाव बढ्ने

छिनोफानो   शुक्रबार ३१, असार २०७९ ११:२२

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज (शुक्रबार) महाकाली नदीमा जलस्तर बढ्न सक्ने जनाएको छ । आज बिहान ५ देखि बेलुका ८ बजेसम्म भारतको धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट फ्लसिङ कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँध खोल्दा महाकालीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । प्रशासनले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु