‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै

छिनोफानो   शुक्रबार ३१, असार २०७९ ११:२८

सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) भारत जाँदैछन् । उनी तीन दिने भ्रमणका लागि उनी आज भारत जान लागेका हुन् । प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । उनी आज ९शुक्रबार० प्रतिनिधिसभा मतदान हुनुअघि नै भारतको नयाँ दिल्ली जाने भएका हुन् ।

प्रचण्डनिकट स्रोतका अनुसार उनी शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उड्ने तालिका तय भएको छ। संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजेबाट उपसभामुखको निर्वाचन हुँदैछ ।

सचिवालयका अनुसार भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए । प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु