मेरो भ्रमण नेपाल-भारत सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने हाे : प्रचण्ड

छिनोफानो   शनिबार ३२, असार २०७९ ०१:५०

 भारतको तीन दिने भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् ।
आज ९शनिबार० भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताएका छन् । उनले तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकाले यो आकस्मिक भ्रमण नभएको दोहोर्‍याएका छन् । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल(भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो । कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल(भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’

अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो भारत प्रस्थान गरेका थिए । प्रचण्डले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् । आज बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन् । अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु