मृतक कमलाका परिवारलाई बीमा रकम हस्तान्तरण

छिनोफानो   शनिबार ३२, असार २०७९ ०३:४३

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढीले एक जना महिलाको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको  धनगढी साखाले शुक्रवार धनगढी उपमहानगरपाकिा ४ बस्ने  मृतक कमला चौधरी  का परिवारलाई एक लाख ५९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका साखा प्रमुख भोजराज सोडारी ले चेक हस्तान्तरण गरेका थिए ।कमलाका परिवारलाई बीमाङ्क दावी वापत एक लाख ५० हजार र अन्तरिम बोनस वापत ९ हजार रुपैयाँ गरि एक लाख ५९ हजार रुपैया प्रदान गरिएको हो । कम्पनीले कमलाको को असामयिक निधन भएकोमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक सहानुभुती प्रकट पनि गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु