रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा

छिनोफानो   शनिबार ३२, असार २०७९ ०४:०३

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन् । धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई सकस भएको हो ।  
सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् । धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको हो । कैलालीमा किसानहरु दोब्बर रकम तिरेर भारत बाट मल ल्याउनु पर्ने बाध्यता भएको स्थानीय किसानहरुको गुनासो छ । 

अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको जिम्मा पाएपनि अहिले मौज्दान शुन्य भएको बताउनुभयो । यो धान सिजनमा साल्ट ट्रेडिङ  युरिया २३ सय पचास दमलब ९० मेट्रिक टन कोटा निधारण भइकोमा १५ सय चौतिर दसमलब ७५ मेट्रिक टन किसान लाई बितरणका लागि पाठाईएको र डिएपि २ हजार एक सय ६९ मेट्रिक टन आपुर्ति गरि बितरण का लागि पठाईएको बताए । मल माग अनुसार को आपुर्ति नहुदा समस्या भएको उनको भनाई छ । 
    
मल आपूर्तिको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडलाई भए पनि कोरोना का कारण अन्तराष्ट्रिय बाजरमा मलको उत्पादन कम भएकाले हाल सम्म सुदुरपश्चिमका लागि १८ सय पचास मेट्रिकटन मल मात्र केन्द्रबाट आएर बितरण भैसकेको  त्यस पछि मल नआएकाले समस्या देखिएको   कम्पनीका प्रदेश शाखा प्रबन्धक नबल सिह बोगटीले बताए । 

सरकारले समयमै मल आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा यो समस्या हरेक वर्ष देखिदै आएको छ । यसका लागि सरकाले बलैमा मल आपुर्ति नगरे धान उत्पादन मा कमि आउने देखिन्छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु