धनगढी उपमहानगरपालिकामा विशेषज्ञ सहितको वडा क्लिनिक सेवा सुभारम्भ

छिनोफानो   आइतबार ०१, साउन २०७९ ०६:१५

धनगढी उपमहानगरपालिकाले  विशेषज्ञ वडा क्लिनिक सेवाको सुभारम्भ गरेकोे छ । वडा क्लिनिक सुभारम्भ भए सगै उपमहानगरपालिका १९ वटै वडा वासिले  विशेषज्ञ चिकित्सकबाट  सेवा लिन पाउने भएका हुन् । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच विशेषज्ञ वडा क्लिनिक सेवाका को सुभारम्भ गरेका हुन् । उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ। दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ र्। सुभारम्भ समारोह लाई सम्बोेधन गर्दै मुख्य मन्त्री भट्टले उपमाहनगरपालिकाको ले उत्तल काम ले आवश्यकता अनुसार प्रदेश  सरकारले पुरा गर्ने र उक्त कार्य लाई  सुहज बनाउन प्रदेश सरकाले एम्बुलेस सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सेवा बिस्तार भए सगै उपमहानगरवासीहरुले वडा भित्र निशुल्क स्वास्थ सेवा लिन पाउदा खुसी व्यक्त गरेका छन् । शुल्क तिरेर विशेषज्ञ चिकित्सकको  सेवा लिन धेरै टाढा जानु पर्ने बाध्यता हटेको उनिहरुको भनाई छ ।  धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको सुभारम्भ गरिएको हो । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।उक्त सेवा लाई आमा बचाउ अभियानका रुपमा सञ्चालनमा ल्याएको र यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने   धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले बताउनु भएको छ  । धनगढीका नगरप्रमुख गोपाल हमालले यसअधि नै आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन ्। नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु