पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिए

छिनोफानो   सोमबार ०२, साउन २०७९ ०६:५०

नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जना कोभिड-१९ (कोरोना) संक्रमित थपिएका छन् । ४,६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । आज ९८ हजार ९०० जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो केहि सातादेखि दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु