विदेशी मुद्राको विनिमय दर निर्धारण

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ११:०३

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८६ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु