कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ११:३१

कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।  सोमबार जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो । 
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर  दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो ।  बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु