भारतमा पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिए

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ११:३५

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ ।हाल भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार २५२ रहेको छ । आइतबार देशमा १३ हजार २९९ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने १९ जनाको मृत्यु भएको छ । राज्यको बंगालमा १ हजार ४ सय ४९ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु