दैलेखमा पानीको ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ १२:०५

दैलेखमा पानीको ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । दुल्लु नगरपालिका(३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । शाहले भने ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु