कैलारी गाँउपालिका ४ र धनगढी १८ जोड्ने पुल जीर्ण बन्दा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ०४:०८

 कैलालीको कैलारि गाँउपालिका र धनगढी उपमहानगरपालिका जोडनेगरी निर्माण गरिएकोे पुल जीर्ण भएको छ । पुल मर्मतका लागि सरोकारवालाले ध्यान नदिदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन ।

कैलालीको कैलारि गाँउपालिका ४ र धनगढी उपमहानगरपालिका १८ जोड्ने पुल जिर्ण बन्दा स्थानीय जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । पुल जीर्ण हुँदा कैलारि गाँउपालिका बासिन्दालाई स्वास्थ्य उपचार किनमेल गर्न बिधालयका बसहरु अटोहरुलाई धनगढी जान असहज भएको छ । ओहोरदोहोर गर्ने एउटा मात्रै विकल्पका रुपमा रहेको पुल जीर्ण हुँदा स्थानीयवासीहरु मारमा छन । पुलको संरचना जिर्ण भैसेकाले जति बेला पनि दुर्घटना हुने अवस्था छ ।

फुलवारी बजारसँग जोडने पुल बर्षौदेखि जीर्ण हुँदापनि स्थानीय तह लगायत सरोकारवालाले मर्मतमा चासो नदेखाएको स्थानीयको आरोप छ । पुल नबन्दा स्थानीय बालबालिका बिधालय आवत जावत का लागि जोखिम पुर्ण यात्रा गर्न बाध्य छन । पुलको सानो संरचना ले गर्दा स्थानीयहरुलाई डुबानको जोखिम समेत रहेको छ ।

पुल निमार्ण का लागि गत बर्ष पनि बजेट बिनियोजन भएता पनि कुनै काम भएको छैन । तर योे आर्थिक बर्षमा यस्ता जिर्ण संरचना भएका ठाउँमा तुरुन्तै पुलको काम लाई ठेक्का प्रकृयामा लैजाने प्रतिबद्धता सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ ।

सुदुरपश्चिममा स्थानीयदेखि केन्द्र सरकारको बजेट र कार्यक्रममा पुराना पुल विस्थापित गर्ने योजना भएपनि कार्यान्वयन फितलो छ । सुदुरपश्चिमका अधिकांश जिल्लामा पुराना र जीर्ण अवस्थामा रहेका पुल पुनर्निमाणमा तीनै तहका सरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु