बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलित

छिनोफानो   मङ्गलबार ०३, साउन २०७९ ०८:१२

कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका  छ ।  सोमबार जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका  हुन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर  दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको  हो । थापा लाई ठक्कर दिइर बस फरार भएको थियो । बसलाई प्रहरी को सहयोगमा सोमवार साझ धनगढी को ग्यारेज मा लुकाई राखेको अव्स्थामा फेला पारेको मृतकका भाई निर्प थापा ले बताउनु भएको छ । उनले भने बस नभागेर मेरो दाईलाई अस्पताल लगेको भए बाच्ने सम्भावना थियो , तर बस भागेर अस्पताल लग्नै ढिलो भयो ।  दाई को न्यायको लागि शान्तीपुर्ण तरिकाले आन्दान गर्दा पनि प्रहरीले दमन गरेर मृतककि श्रिमती सहित ३ जना घाईते भएको उनको भनाई छ । साथै मृतक थापा को परिवारलाई न्याय सहित उचित क्षतिपूर्ती दिनु पर्ने आफ्न्तहरुको माग रहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु