खुले पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका मुख्य राजमार्ग

छिनोफानो   बुधबार ०४, साउन २०७९ ०१:४७

आज बिहानैदेखि अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध  सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग सञ्चालनमा आएका छन्  । स्थानीय प्रशासन को सहयोगमा पहिरो पन्छ्याइ पछि सडक सञ्चालनमा आएका हुन् । 
 बिहानै देखि आएको अविरल वर्षापछि पहिरोल दार्चुला, बैतडी र बझाङमा मुख्य राजमार्ग अवरुद्ध भएर यातायात सेवा ठप्प भएको थियो । ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक प्रविण धितालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि अवरुद्ध  सडक पहिरो पन्छयाइ पछि सञ्चालनमा आएका छन् । 
यसैगरि बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि अवरुद्ध  सडक पहिरो पन्छ्याइ पछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपक्षिक ज्ञान बहाअुर बिष्टले बताए । उनले भने  सडक उच्च जोखिममा छ अहिले अस्थाइ रुपमा सबै यातायात सञ्चालन भएको छ , लगातार बर्षा भयो भने सेती नदिले कटान गरेका कारण सडक भासिन सक्छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु