नवजीवन अस्पतालले मेघा बैंक धनगढी शाखाका कर्मचारी र सेवाग्राहीलाई उपचारमा छुट दिने

छिनोफानो   बुधबार ०४, साउन २०७९ ०५:३७

धनगढीको नवजीवन अस्पतालले मेघा बैंक धनगढी शाखाका कर्मचारी र सेवाग्राहीलाई उपचारमा छुट दिने भएको छ। बुधबार आज नवजीवन अस्पताल र मेघा बैंकबीच उपचार लगायतका सेवामा छुट दिने सम्झौता गरिएको हो। नवजीवन अस्पतालका अनुसार मेघा बैंकमा खाता, डेबिट वा क्रेडिट कार्ड भएका सेवाग्राहीहरूले सेवा लिन आउँदा बैंकको निशा प्रमाण पेस गरेको अवस्थामा छुट सेवा दिइने बताएको छ।अस्पतालले ओपिडी टिकटमा १० प्रतिशत, ओटी शल्यक्रियामा १२ प्रतिशत, बेडमा १० प्रतिशत, आइसियुमा १४ प्रतिशत, ल्यावमा १४ प्रतिशत र एक्सरेमा १४ प्रतिशत छुट दिइने  सम्झौता भएको कुरा नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चक्र खडायतले जानकारी दिए।छुट सुबिधाहरूः
१. OPD टिकटमा – १० प्रतिशत छुट
२. OT (शल्यकृयामा) – १२ प्रतिशत छुट
३. AC Bed मा – १० प्रतिशत छुट
४. ICU, NICU मा – १४ प्रतिशत छुट
५. ल्याब मा – १४ प्रतिशत छुट
६. X-Ray मा – १४ प्रतिशत छुट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु