'योगदान राष्ट्रका लागि' को बझाङ् शाखा अध्यक्षमा सिंह चयन

राजन जैगडी   बुधबार ०४, साउन २०७९ ०५:५९

 बझाङ् । 'योगदान राष्ट्रका लागि'को बझाङ्ग शाखाको अध्यक्षमा शैलेन्द्र बहादुर सिंह चयन भएका छन् । असार ११ गते शनिबार सम्पन्न संस्थाको प्रथम साधारण सभाबाट अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन् ।

संस्थाका निवर्तमान अध्यक्ष ललित बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको प्रथम साधारण तथा सदस्यता बितरण कार्यक्रमबाट सिंह निर्विरोध चयन भएका हुन् । यस्तै कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र नाथ बियोगी, सचिव मा गणेश बहादुर मल्ल ,सहसचिवमा अपिल बिष्ट, कोष अध्यक्षमा रमिता सिंह लगाएत २१ सदस्य जिल्ला कार्य समिति चयन भएको छ । यसैगरी संस्थाको प्रमुख सल्लाहकारमा उत्तम बहादुर मल्ल, गगन बहादुर बिष्ट, साजेन कुमार मल्ल,जनक बहादुर सिंह, ललित बहादुर सिंह ,सन्तोष बहादुर मल्ल, धनसिंह ठगुन्ना चयन भएका छन् ।

संस्थाले प्रवत्ताको जिम्मेवारी धुर्व कुँवरलाई दिएको छ । सस्थाले स्वास्थ्य क्षेत्र, प्राथामिक उपचारका कार्यक्रम गर्ने, दैविक प्रकोपमा सहजिकरण गर्ने र गुणस्तरिय एम्बुलेन्स सेवा प्रदान गर्ने लगायतको काममा संस्थले विशेष प्राथामिकता दिने नवनिर्वाचित अध्यक्ष शैलेन्द्र बहादुर सिंहले बताएका छन् । 'संस्थाले दिएको जिम्मेवारीलाई इमान्दारितापुर्वक निर्वाह गर्नेछु', उनले भने, 'हाम्रो उद्धेश्य भनेको मानविय क्षति कम गर्नुका साथै समाज रुपान्तरण गर्नु भएकाले त्यसमा मेरो पुर्ण झुकाव हुनेछ ।'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु