बाजुरामा एकजना कालाजारका बिरामीको मृत्यु

छिनोफानो   बिहिबार ०५, साउन २०७९ ०२:५७

 बाजुरामा कालाजारका एकजना बिरामीको मृत्यु भएको छ।जिल्लाको बुढिनन्दा नगरपालिका १ बस्ने ५२ बर्षिय पर्वलाल गुरुङ्गको कालाजारका कारणले मृत्यु भएको हो। कालाजारबाट थलिएका पर्वलाल उपचार अभाबमा मृत्यु भएको स्थानिय हिकम्त वडले वताए। सरकारले कालाजारको जाँच देखी उपचार सम्म निशुल्क गर्ने व्यबस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृत्यु भएको छ।कालाजारबाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । तर पर्वलाल सँगै पैसा नहुदा उपचार अभाबमा घरमै मृत्यु भएको उनकी श्रीमति पानकला गुरुङ्गले वताईन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु