सेती प्रादेशिक अस्पतालको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

छिनोफानो   शुक्रबार ०६, साउन २०७९ ०५:४९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गर्नु भएको छ । शुक्रवार दातको उपचार गर्न अस्पताल पुग्नु भएका भट्टले अनुगमन गर्नु भएको हो । 
भट्टले निरिक्षणका क्रममा सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल प्रदेश मातहत आइृसके पछि अस्पतालामा क्रमिक सुधार आएको बताउनु भएको छ । 'उनले भने', "मैलै मुख्यमन्त्री सपथ लिए लगत्तै पहिलो  अनुगमन गर्दा एउटा एक्सरे मसिन पनि थिएन तर अहिले प्रदेश सरकारले क्रमिक रुपले  सबै उपकरण जडान गरेर सेवा सरु गरेका छौ , त्यसैले समग्र स्वास्थ उपचारका हकमा यसलाई प्रगती मान्नु पर्छ" । 

 मुख्यमन्त्री भट्टले नँया भवन निमार्णका साथै सिटिस्क्यान जडान प्रक्रियामा रहेको र अन्य थप सेवा बिस्तारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारि दिनु भयो । अस्पतालमा बिस्तार भएका सेवा को प्रचार प्रसार नहुदा नागिरिकहरु चर्को मुल्य तिरेर बाहिर जाने अवस्था आएको त्यसका लागि बिस्तार भएका सेवाहरु का बिषयमा आम नागरिक सम्म पुर्याउन  जोड दिनु पर्ने मुख्यमन्त्री भट्टको भनाई थियो ।  

अनुगमनका क्रममा अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले अस्पतालको आगामी सुधार गर्नु पर्ने अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उनले भने ,"हामि संग अझै पनि बिषेशयज्ञ डाक्टरको कमि र आवश्कता अनुसारको भौतिक संरचना अभावका कारण सोचे जस्तो सेवा बिस्तार गर्न सकेका छैनौ , त्यसको परिपुर्तिका लागि प्रदेश सरकारको ध्यानआकर्षण हुन जरुरी छ" । 
साथै मुख्यमन्त्री भट्टलाई अनुगमनमा अस्पताल व्यवस्थापन समिती अध्यक्ष निर्मल शाह र मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डे ले सहजिकरण गर्नु भएको थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु