१५० किलो गाँजासहित दुई जनालाई पक्राउ

छिनोफानो   शनिबार ०७, साउन २०७९ १०:३७

सशस्त्र प्रहरीको टोलीले बाराबाट १५० किलो प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिका(५ तेलगाई बाटो हुँदै सीमातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
१५ किलोका दरले १० वटा प्लास्टिकका पोकामा प्याक गरिएको १५० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी गणेश ठाडा मगरले जानकारी दिएका छन् ।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका(६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गाँजासहित कारबाहीका लागि नेपाल प्रहरीकहाँ बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु