सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

छिनोफानो   शनिबार ०७, साउन २०७९ १०:४१

सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । उपत्यकामा शुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौंबाट कुरीनटारसम्म पुग्न ३०७ रुपैयाँ भाडा लाग्नेछ । यसअघि २८३ थियो । त्यस्तै काठमाडौंबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १३४ रहेकोमा अब १४५ पुगेको छ ।

काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २६४ रहेकोमा अब २८६ रुपैयाँ पुर्याइएको छ । त्यसैगरी काठमाडौं-नारायणगढ-हेटौडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६१३ रहेकोमा अब ६६४ कायम गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु