आज प्रतिनिधि सभाको बैठक बस्दै

छिनोफानो   आइतबार ०८, साउन २०७९ १०:१५

संघीय संसद प्रतिनिधि सभाको बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।
कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु