एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

छिनोफानो   आइतबार ०८, साउन २०७९ ०५:२७

एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

‘नतिजा सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौं । समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ,’ उनले भने ।
अहिले प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ । गत बैशाख २० गते परीक्षा सकिएको थियो ।

२०७६ र २०७७ सालको एसईई कोभिड-१९ का कारण प्रभावित भएको थियो । आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु