रकम नभएको चेक दिएर २४ लाख ठगी गर्ने पक्राउ

छिनोफानो   आइतबार ०८, साउन २०७९ ०६:०८

प्रहरीले बैंकिङ कसुर मुद्दामा काठमाडौंको बालाजुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका(३ घर भइ हाल काठमाडौंको बालाजु बस्ने ३६ वर्षीय चन्द्र बहादुर सुनार छन् ।
सुनारले प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै सुनारलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक दिन कैद र २४ लाख रूपैँयाँ जरिवाना हुने ठहर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु