कैलालीमा थारु राष्ट्रिय मुक्तिमार्चाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

राजन जैगडी   आइतबार ०८, साउन २०७९ ०७:०८

कैलालीमा थारु राष्ट्रिय मुक्तिमार्चाले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जिल्लाको सुखडमा मोर्चाको केन्द्रीय समितीको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।    
कार्यक्रमको प्रमुख अतिथी रहनु भएका थारु राष्ट्रिय मुक्तिमार्चाका केन्द्रिय अध्यक्ष सन्तराम थारुले ,थारु समुदाय सदियौ देखि राज्यको पहुँच भन्दा टाडा रहेका र विभिन्न काल खण्डमा थारु समुदाय आफनो हक अधिकार सुनिश्चितताको लागि  ठुलठुला आन्दोलन बाट देशमा आमुल परिवर्तन ल्याउन अहम भुमिका खेलेको बताउनु भएको छ । उनले भने , पिछडिएको एवम पछाडी पारिएको समुदायको ऐतिहासिक जनयुद्ध र जनआन्दोलनकै कारण हाम्रो देशमा आमुल परिवर्तन भएका हो । यसमा थारु समुदायको ठूलो योगदान रहेको उनको भनाई थियो ।


साथै कार्यक्रमलाई सम्बोधन गर्दै थारु राष्ट्रिय मुक्तिमार्चाका महासचिव हरिराम चौधरी उत्सवले हजारौको बलिदानी, त्याग तपस्या, घाइते बेपत्ताहरुको योगदानको कारण आज तपाई हाम्रो सामु हामीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर देशमा संघियता, समानुपातिक समावेशीता र धर्म निरपेक्षता हासिल गर्न सफल बताउनु भयो । उनले २०७२ साल असोज ३ गतेको सविधान जारी हुने क्रममा थारु बाहुल क्षेत्र अथवा पहिचानलाई संविधान भित्र नराखिनु लाखौं थारु समुदायको भावना विपरितको संविधान जारी भएको बताए ।  त्यसैले देशको शासन सत्ता सबै वर्ग, जाती,क्षेत्र , लिङ्ग र अल्प संख्यक समुदायको सामनुपातिक समावेशी तथा पहिचानको प्रतिनिधित्व सुनिश्चित गर्दै संसदीय प्रणालीको विकल्पमा समाजवाद उन्मुख जनताको संघीय लोकतान्त्रिक शासन प्रणालीको पक्षमा संघर्ष गर्ने काम अहिलेको मूल आवश्यकता रहेको उनको भनाई थियो  ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकि केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी कृषी मन्त्री बिनिता चौधरी को उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु