अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

छिनोफानो   सोमबार ०९, साउन २०७९ ०९:४९

अछामको तुर्माखाँद गाउँपालिका-२ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

 वडा नं २ को भुलुमा गए राति १ बजेतिर आएको पहिरोले घर पुरिएर ३ जनाको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीले जानकारी दिए । वडाध्यक्ष शाही पनि अहिले घटनास्थलतर्फ जाँदै गरेको बताए ।

घटना भएको ठाउँमा प्रहरी पनि जाँदैछ । ‘एउटै परिवारका ३ जनाको निधन भएको खबर आएको छ,’ वडाध्यक्ष शाहीले भने, ‘घटनाबारे बुझ्न हामी त्यसतर्फ जाँदैछौं ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु