नेपाल प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी

छिनोफानो   सोमबार ०९, साउन २०७९ १०:२५

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दूलाई हराउँदै इतर पक्षका लम्साल अध्यक्षमा विजयी भएका हुन् ।

लम्साल कांग्रेसको शेखर-गगन समूहबाट उम्मेदवार बनेका थिए । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि उक्त समूहकै बाहुल्यता छ ।

प्रेस युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलीप पौडेल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा विजयी नकुल अर्याल पनि इतर पक्षकै हुन् । खुला उपाध्यक्षमा संस्थापन पक्षका भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धितालले जित दर्ता गराएका छन् । त्यस्तै सचिव पदमा पनि इतर पक्षले पकड बनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु