आयुर्वेद चिकित्सालयलाई यथाशीघ्र सञ्चालन गर्छौ : मुख्यमन्त्री भट्ट

छिनोफानो   सोमबार ०९, साउन २०७९ ०५:४५

कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ । निमार्ण प्रक्रिया पूरा भए संगै अस्पताल सञ्चालनको तयारी अगाडी बढेको हो । 
धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन तयारीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण गरिएको हो । संघिय सरकारको १८ करोड रुपैयाँको लगानीमा  ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ  । सोमवार सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री गोविन्द बोहराले  अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मूख्यमन्त्री भट्टले आयुर्वेद को महत्व बढ्दै गैरहेको बेला जनता को जिवनशैली व्यवस्थापन गर्न आवश्वक जनशक्ती , सामाग्री व्यवस्थापन गरेर शलभ उपचार सहित यथासिग्र ५० शैय्याको असपताल सञ्चालनमा ल्याउने बातउनु भयो । 


यस्तै सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले अस्पताल सञ्चालन अपूग सामाग्री को व्यवस्थापन गरेर चाडो भन्दा चाडो सञ्चालन गर्नेका लागि लाष्ग परेको बताउनु भएको छ । 
चिकित्सालयका निमित्त निर्देशक डा खगेन्द्र बमले आयुर्वेद अस्पतालका लागि चाहिने उपकरण र औषधिहरूको आपूर्तिसमेत हुन थालेको बताए । बेडलगायतका फर्निचरहरू चिकित्सालय भवनमा जडान भएको ‘केही औषधि र उपकरणहरू हस्तान्तरण भएर आइसकेका र जनशक्ति व्यवस्थावन भए अस्पताल सुरु गर्ने सकिने उनको भनाई छ ।’
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्साको सबै सेवा एकै ठाउँमा दिने गरी पहिलो पटक ठूलो अस्पताल सञ्चालन हुन गइरहेको हो ।चिकित्सालयले अक्कुपञ्चर, पूर्वकर्म, पञ्चकर्म, योग लगायत आयुर्वेद चिकित्सा पद्दतिका सम्पूर्ण सेवा चिकित्सालयमा हुने गरी भवन, जनशक्ति र उपकरण व्यवस्थापन गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु