बाँकेमा आफ्नै घरभित्र एक दम्पती मृत फेला,हत्याको आशंका

छिनोफानो   मङ्गलबार १०, साउन २०७९ ०९:४३

बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुर आफ्नै घरभित्र एक दम्पती मृत फेला परेका छन् ।
श्रीमती मञ्जु गडरियाको घरभित्र र श्रीमानको शव घर बाहिर फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेको छ ।

चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको जस्तो देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने । घटनास्थल हेर्दा उनीहरूको हत्या भएको देखिएको उनको भनाइ छ । मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु