कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ

छिनोफानो   बिहिबार १२, साउन २०७९ ०२:११

कञ्चनपुरमा प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका(३ देखतभुलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका(३ काडेकी ४० वर्षीया मालती मल्ल र वडा नं – ३ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

प्रहरीले बरामद गरेको चितुवाको एउटा छाला ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइ र अर्को छाला ७ फिट २ इन्च लम्बाइ २२ फिट ८ इन्च चौडाइको रहेको छ। प्रहरीकाअनुसार चितुवाको छाला देखतभुलिस्थित निरञ्जन मल्लको धानबारीमा भेटिएको थियो । पक्राउ परेका दुवै जना निरञ्जनकै कुखुरा फार्ममा काम गर्ने कामदार हुन् । चितुवाको छाला पहाडबाट ल्याएर लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु