प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक छ : मुख्यमन्त्री भट्ट

छिनोफानो   बिहिबार १२, साउन २०७९ ०४:१६

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  निर्माणाधीन गेटा मेडिकल कलेज  अनुगमन गरेका छन् । आज (बिहिवार ) सञ्चालनको प्रक्रियामा रहेको गेटा मेडिकल कलेजको  अनुगमन गरेका हुन् । 
उनीसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा , गेटा मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर प्रमोद जोशी  लगायत सहभागी थिए ।
अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताए ।  उनले भने,  नागरिक को पहिलो आवश्यकता अस्पताल हो  , यसलाई संघिय सरकारले चलाएता पनि प्रदेश सरकारको साझेदारिमा चलाए  नजिक बाट निगरानी गर्ने व्यवस्थापनमा गर्ने सहज हुन्छ  । 


त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको जनाइएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु