कैलाली र कञ्चनपुरका रानाथारु गाउँमा तिज पर्वको  रौनक

छिनोफानो   आइतबार १५, साउन २०७९ ०६:४७

पश्चिम तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरका रानाथारु गाउँमा तिज पर्वको  रौनक छाएको छ । रानाथारु समुदायले परिवारका सदस्यको दिर्गायु का लागि बर्त बरि पर्व मनाएका हुन ।
साउन महिनाको शुरूमै राना समुदायले साउनको डोला राखेर सरु हुने पर्व आज तिज मनाएर परम्परा छ । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन १५ गते आफ्ना परिवारको लामो आयु होस भनेर बर्त बस्ने गरिन्छ ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले दिन भरि भोको बसेर सुर्य अस्थाई सके पछि नदिमा बिर्सजन गर्ने प्रचलन रहेको छ । संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएका कारण संरक्षणका लागी पहल गर्ने धनगढी उपमहानगर पालिकाकी नगर उपप्रमुख कन्दकला रानाले बताईन। 

साउन १५ गते तिज मनाउने राना थारु समुदायले त्यसअघी डोला खेल्दै रमाइलो गर्ने गर्दछन् । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ ।

यो चलन परम्परागत रूपमा चल्दै आएको छ । संस्कृति बचाउनुपर्छ भन्ने भावना हाल राना थारु समुदायका युवा पिँढीमा रहेकाले यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा तिज कार्यक्रम गर्दै आएको राना थारु समाजका उपाध्यक्ष  कमल सिंह रानाले  बताए ।


सरकारले रानाथारु समुदायको सुचिकरण पछि राना थारु समुदायले आफ्ना संस्कृतीलाई बचाउने अभियान अगाडी बढाएको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले बतोउनु भएको छ । उनले भने सरकारले पहिचान बाट बन्चित गरेको समुदायलार्इृ पहिचान दिन सफल भएका छौ अब अरु समस्या समाधानको प्रक्रियामा छौ ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु